Incident Reports

सुनसरीको १ सय २४ वडामा कांग्रेसको प्रदर्शन

2021-01-21

इनरुवा, ८ माघ । नेपाली कांग्रेस सुनसरीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका १ सय २४ वडामा प्रदर्शन गर्दैछ । देशभरका ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गर्ने केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सुरु भएको जिल्ला कार्य समितिले सुनसरीले जनाएको छ ।

सदरमुकाम इनरुवाको वडा नम्बर ६ मा भने एका विहानै र्याली तथा प्रदर्शन सहित कोण सभा समपन्न गरिएको छ । नेपाली कांग्रेस इनरुवा ६ नम्बर वडा समितिले विहानै विरोध प्रदर्शनको आयोजना गरेको हो । प्रदर्शनमा स्थानीय नेता तथा कार्यकर्ता सहित कांग्रेस भातृ संगठन आवद्ध सदस्य तथा पदाधिकारी लगायतको उपस्थिती थियो ।

वडा कार्यालयमा भेला भएका कांगे्रसीहरुले र्याली पश्चात कोण सभाको आयोजना गरेका छन् । विरोध सभालाई वडा समिति अध्यक्ष सुमन थापा सहितका नेताहरु दिनेश सुवेदी, उत्तम कार्की लगायतले सम्बोधन गरेका छन् ।

वक्ताहरुले प्रधानमंत्री ओलीको कदम असंवैधानिक भएको भन्दै आफुहरुको सडक आन्दोलन जारी रहने बताए । उनीहरुले केन्द्रको निर्देशन बमोजिमका कार्यक्रमलाई अघि बढाइने बताए ।

नेपाली कांग्रेसले यस अघि १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनका कार्यक्रम समपन्न गरिसकेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments