Incident Reports

इलामका ८१ वटै वडामा कांग्रेसको विरोध

2021-01-21

इलाम । इलामका ८१ वटै वडामा नेपाली कांग्रेसले विरोधका कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमभएको भन्दै ८१ वटै वडामा कार्यक्रम गरेको हो । प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले नेपालको संविधान २०७२ विपरित संघीय संसद विघटनको विरोधमा कांग्रेसले देशभरमा ६ हजार ७ सय ४३ वटा वडामा विरोध कार्यक्रम अन्र्तगत नेपालि कांग्रेस इलामले विरोध कार्यक्रम सम्पन्न गरेको जिल्ला सभापति हिमाल कर्मचार्यले बताए ।

जिल्लाका वडा कार्यलयमा भएका कार्यक्रममा काग्रेस नेताहरुले केपी ओलीले संसद भंग गरेर देशलाई भड्खालोमा हालेको भन्दै उनीहरुले स्थानीय सरकार समेत भ्रष्टाचार, पार्टीका कार्यकर्ता संरक्षणमा लागेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती हिमालय कर्मचार्यले ओली सरकार निरङकुस , संबिधान बिरोधी र भ्रष्टाचारमा लिप्त भएकाले देश नै अप्ठयारोमा परेको बताए । कार्यक्रममा ‘नेपाली कांग्रेस जिन्दावाद, संविधानको रक्षा गरौँ, ओली तिम्रो पाराले दुख पाए साराले’ जस्ता नारा लगाउँदै ¥र्याली निकालेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments