Incident Reports

पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

2021-01-21

Bagmati, Kathmandu, Kathmandu

९ माघ, काठमाडौं ।

काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।

बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ । भिडियोमा उनीहरूले गुहार मागिरहेको सुनिन्छ ।

नयाँ बसपार्कबाट पक्राउ गरिएका १३ जना र पछि महाराजगञ्जबाट पक्राउ गरिएका ३ गरी १६ जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र सोह्रखुट्टेमा राखिएको छ । उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी रोशन खड्काले जानकारी दिए ।

प्रहरीले भने अवैध गतिविधिमा संलग्न हुने गरेको जनगुनासोका आधारमा १३ जना पारलैङ्गिकहरूलाई पक्राउ गर्दा प्रहरीमाथि नै जाइलागेको आरोप लगाएको छ । डिएसपी खड्काले उनीहरू प्रहरीमाथि जाइलागेको आरोप लगाएका छन् । प्रहरी प्रभाग नयाँबसपार्कले सोधपुछको लागि प्रहरी प्रभागमा ल्याउँदा उनीहरूले प्रहरी र प्रहरी कार्यालयमा आक्रमण गर्न थालेपछि पक्राउ गरिएकाहरूलाई विभिन्न वृत्तमा लगिएको प्रहरीले जनाएको छ । झण्डै २५ जनाको समूह आएर प्रहरी कार्यालयमा तोडफोड गर्न लागेपछि भिडलाई तितरबितर पारेर थप ३ जनालाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 16
Actor 2 - Affiliation (Target) Sexual minority group or organization
Actor 2 - Youth na
Total Injured 3
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments