Incident Reports

पत्नी कुटपिट गरेको आरोपमा पति गिरफ्तारl

2014-06-17

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling खोटाङ । ०७१ असार ३ गते बाम्राङ गाविस-४ की २८ वर्षीय ललिता राईलाई घरायसी विवादमा कुटपिट गरी घाइते बनाएको आरोपमा पति ३१ वर्षीय प्रकाश राईलाई प्रहरीले असार ३ गते गिरफ्तार गररेको छ । आरोपितले कान्छी पत्नी २६ वर्षीय सरिता राईसँग मिलेर जेठ २८ गते कुटपिट गरी घाइते बनाएका हुन् । जेठी पत्नी ललिताले आरोपित प्रकाश र ललिताविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय दिक्तेलमा जेठ २९ गते उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा आरोपित प्रकाशलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका सई यादव गौतमले बताए । पीडितको जिल्ला अस्पताल दिक्तेलमा उजुरी परेकै दिन घाउजाँच भयो । आरोपितविरुद्ध कानुनी कारबाही गरिने सई गौतमले जनाए । पीडितले बहुविवाह महल अन्तर्गत उजुरी दिए सोहीअनुसार मुद्दा चलाइने सई गौतमले प्रस्ट्याए । डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis