Incident Reports

सिरहामा शंकास्पद बस्तु फेला

2021-01-23

Madhes, Siraha, Mirchaiya, Ward 5

सिरहामा शंकास्पद बस्तु फेला परेको छ।शनिबार बिहान मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित जिबाखोलाको पुलमा शंकास्पद बस्तु फेला परेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

पुलमा शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएपछि प्रहरीले सुरक्षा घेरा लगाएर नेपाली सेनालाई बोलाएको थियो।चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थलमा पुगेर शंकास्पद बस्तु डिस्पोजल गरेको प्रहरी प्रवक्ता शर्माले बताए।

शंकास्पद बस्तु फेला परेपछि केही समय पूर्वपश्चिम राजमार्गमा सवारी अवरुद्ध भएको थियो।अहिले सवारी आवतजावत सुरु भइसकेको प्रवक्ता शर्माले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments