Incident Reports

बालिका बलात्कारका आरोपितलाई १० वर्षकैद सजाय l

2014-06-17

Province 1, Khotang, Ainselukhark

DM Chamling खोटाङ । ०७१ असार ३ गते एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका राखावाङदेल गाविस-४ का २५ वर्षीय जापान राईलाई जिल्ला अदालतले असार २ गते १० वर्षकैद सजाय र ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले पुर्पक्षका लागि थु्नामा रहेका आरोपितलाई थप १० वर्षकैद तथा क्षतिपूर्ति स्वरुप ७५ हजार रुपियाँ भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार भीष्म भट्टराईले बताए । घरमा खेल्दै गरेकी बालिकालाई ०७० असार २८ गते फकाउँदै मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा राई विरुद्ध पीडित पक्षले ०७० साउन १ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा किटानी जाहेरी दिएको थियो । जाहेरी परेकै दिन बालिकाको जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण भएको थियो । प्रहरीले ०७० साउन ४ गते आरोपितविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरको थियो । आरोपितलाई घटनाको ३३ दिनपछि ०७० साउन २९ गते बाक्सिला गाविस-५ बाट प्रहरीले गिरफ्तार गरेकोमा जिल्ला अदालतले ०७० साउन ३१ गते पुर्पक्षका लागि कारागार शाखामा थुनामा राख्न आदेश दिएको थियो । डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis