Incident Reports

हेटौंडामा गुण्डागर्दी गर्दै कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ

2021-01-23

Bagmati, Makawanpur, Hetauda, Ward 10

शनिबार बिहान ११ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० राममन्दिरस्थित उत्तम कार्की मोटर ग्यारेजमा काम गर्ने दुई जनामाथि कुटपिट भएको थियो।

बारा कोल्बी नगरपालिका-९ खर भइ हेटौंडा-४ बस्ने २४ वर्षीय पुरूषोत्तम चौधरी र २७ वर्षीय मुनामदन चौधरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

प्रहरीले शनिबार नै उनीहरूलाई पक्राउ गरेको डिएसपी रानाले बताए।

पक्राउ पर्नेमा धादिङ कोरडाराका २० वर्षीय सन्तोष लामा, २५ वर्षीय बिनय वाईबा, २७ वर्षीय आशिष लामा, १८ वर्षीय राज कार्की र २८ वर्षीय सागर लामा छन्।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports