Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2021-01-22

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 10

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ ।

गाँउमा चन्दा असुल गर्ने तयारी गरीरहेको विशेष सूचनाको आधारमा भुमिकास्थान नपा–१० धनचौरको वडा कार्यालय नजिकैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका असई छोटेलाल गुप्ताले बताउनु भयो ।

आरोपितद्वयको स्वास्थ्य परीक्षण माघ ९ गते जिल्ला अस्पताल सन्धीखर्कमा गरिएको छ ।

नारायण भुसाल

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments