Incident Reports

बलात्कारका आरोपित विरुद्ध मुद्दा दर्ता l

2014-06-17

Bagmati, Sindhuli, Kamalamai

Aanand Dahal सिन्धुली । ०७१ असार ३ गते, एक ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रानीवास गाविस-३ का २१ वर्षीय उमेश भन्ने सन्तोष पौडेल विरुद्ध इलाका प्रहरी कार्यालय भीमानले असार २ गते मुद्दा दर्ता गरेको छ । आरोपितले रानीवास गाविस-३ स्थित मकै बारीमा पीडित महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १ गते उजुरी दिएको आधारमा कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनायो । उजुरीमा जेठ २६ गते साँझ पीडित महिला मकै बारीमा घाँस काटिरहेको अवस्थामा आरोपित पछाडिबाट आई मुख थुनी बलात्कार गरेको आरोप लगाइएको छ । पीडितको असार १ गते भीमान अस्पतालमा स्वास्थ परीक्षण गरिएको थियो । घटनापछि आरोपित फरार रहेकोले खोजिकार्य भईरहेको प्रहरीले जनायो । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis