Incident Reports

कालीकोटमा गृहमन्त्रीविरुद्ध प्रदर्शन (फोटो फिचर)

2021-01-26

सुर्खेत : गृहमन्त्री रामबहादुर थापाविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले कालीकोटमा विरोध प्रदर्शन गरेका छन्। नेकपाको ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध टायर बालेर प्रदर्शन नै गरिएको हो।

साथै प्रचण्ड नेपाल समूहका कार्यकर्ताले मन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन प्रदर्शनसमेत गरेका छन्। गृहमन्त्री रामबहादुर थापा बादललाई प्रचण्ड नेपालले पक्षले विरोध गरेको हो। कार्यक्रमस्थलदेखि १०० मिटर टाढा टायर बालेका थिए। ३० मिनेटपछि सशस्त्र प्रहरी बल र प्रहरीको टोलीले प्रदर्शनस्थल नियन्त्रण लिएको थियो।

नेकपा विभाजनपछि सरकारका मन्त्रीहरु सरकारी कार्यक्रमभन्दा गुटका गतिविधिमा बढी सक्रिय बन्दै आएका छन्। कालीकोट कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला हो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments