Incident Reports

चुनावको पक्षमा ओली समूहको प्रदर्शन

2021-01-26

Lumbini, Rupandehi, Butwal

१३ माघ, बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका युवा संघ नेपालले मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन गरेको छ ।संघको लुम्बिनी प्रदेश स्तरीय भेलाको उद्घाटन अघि शक्ति प्रदर्शनका रुपमा मोटरसाइकल र्‍याली गरिएको हो । बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शन सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगेर समापन भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले नयाँ जनादेशका लागि प्रतिनिधि सभा विघटन जायज भएको भन्दै प्रधानमन्त्री ओलीको पक्षमा नारा लगाएका थिए ।ओली पक्षीय युवा संघको भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, रमेश पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments