Incident Reports

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा सिटी जुलुस

2021-01-26

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरोधमा आन्दोलनरत नेकपा (दाहाल-नेपाल) पक्षले काठमाडौंमा सिटी जुलुस निकालेको छ ।

केन्द्रीय संघर्ष समितिको तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार मंगलबार दिउँसो सिटी जुलुस आयोजना गरिएको हो । नेकपा (दाहाल-नेपाल) पक्षका नेता, कार्यकर्ता लैनचौरमा भेला भएर जुलुस निकालेका हुन् । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन घोषणापछि नेकपा दुई समूहमा विभाजन भएको छ । 

दाहाल-नेपाल समूहले संसद् पुनर्स्थापनाको मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ । उसले माघ ९ गते काठमाडौंमा बृहत् आमसभा गरेको थियो । यद्यपि संसद् विघटनको विषयमा सर्वोच्च अदालतको परेका रिटहरुको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । 




  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments