Incident Reports

संसद् पुनर्स्थापना माग्दै बैतडीमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

2021-01-26

बैतडी :

नेकपा प्रचण्ड –माधव समूहले मंगलबार बैतडीको पाटनमा विरोधसभा सम्पन्न गरेको छ।केही दिनअघि बसेको जिल्ला कमिटीको बैठकको निर्णयअनुसार विरोधसभा सम्पन्न भएको नेकपाको प्रचण्ड–माधव समूहका प्रदेश कमिटी सदस्य नरेन्द्र विष्टले जानकारी दिए।

पाटन बजारमा जुलुससहित प्रदर्शन गरेको नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णयको कडा आलोचना गरेका छन्।विरोधसभामा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेकाले आफूहरु आन्दोलनमा उत्रेको बताए।

सरकारले संसद विघटन गरेर संविधानको उल्लंघन गरेकाले आफूहरु संविधानको रक्षाका लागि आन्दोलनमा उत्रेको उनको दाबी छ।यस्तै विरोधसभामा नेता परमानन्द भट्टले केपी ओलीले असंवैधानिक कदम चालेकाले आफूहरु संसद पुनर्स्थापनाका लागि आन्दोलनमा होमिएको बताए।

विरोधसभामा नेकपाको प्रचण्ड नेपाल समूहका जिल्ला सचिव एवं प्रदेश सांसद प्रेमप्रकाश भट्ट, नेता महादेव भट्ट, नरेन्द्र विष्टलगायतको सहभागिता थियो। विरोधसभामा पाटन नगरपालिकाका १० वटै वडाबाट नेता कार्यकर्ताको सहभागिता रहेको प्रदेश कमिटी सदस्य नरेन्द्र विष्टले जानकारी दिए।

प्रचण्ड –नेपाल समूहले जिल्लाका १० वटै स्थानीय तहमा संसद विघटनको विरोध प्रदर्शन गर्ने निर्णयअनुसार विरोधसभा गरिरहेको छ। अहिलेसम्म पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा विरोधसभा सम्पन्न गरिएको नेकपाको प्रचण्ड –नेपाल समूहले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments