Incident Reports

माइतीघरमा नेकपा प्रचण्ड–माधव पक्षको धर्ना

2021-01-27

Bagmati, Kathmandu, Kathmandu

नेकपाको प्रचण्ड–माधव समूहले आजदेखि माइतीघरमा साताव्‍यापी धर्ना कार्यक्रम सुरु गरेको छ। विरोध कार्यक्रमको तेस्रो चरणअन्तर्गत यस समूहको माघ २१ सम्म धर्ना कार्यक्रम छ। प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले सोमबार तेस्रो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको थियो। धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी हुने बताइएको छ। 

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरुले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् । 

नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य पम्फा भुसालले असंवैधानिक रुपमा संसद् विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनका निम्ति धर्ना बसेको बताइन् । संविधान, सङ्घीयता, गणतन्त्र र जनमतको रक्षाका निम्ति धर्ना बसेको उनको भनाइ छ । 

विघटित प्रतिनिधिसभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत् बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाइ छ । 

नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनकोविभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि सुरु भएको यस धर्ना शनिबारबाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।


Update

-------------

आज पनि माइतीघरमा प्रचण्ड-माधव समूहको धर्ना

नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ ।

प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ । धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन निरंकुशतन्त्र चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । प्रचण्ड–माधव समूहले बुधबारदेखि माइतीघर मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments