Incident Reports

चन्द्रागिरिमा युवकमाथि खुकुरी प्रहार

2021-01-27

Bagmati, Kathmandu, Chandragiri, Ward 5

चन्द्रागिरिमा खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।

बुधबार दिउँसो सवा १२ बजे चन्द्रागिरि नगरपालिका-५ यातायात कार्यालय पछाडि गोरेटो बाटोमा एक पुरूषमाथि खुकुरी प्रहार भएको हो।

चन्द्रागिरि नगरपालिका-१० धौलागिरि का २१ वर्षीय उपेन्द्र भट्ट र नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौंको मच्छेगाउँ बस्ने २७ वर्षीय शनि गुर्वाचार्यबीच झगडा भएको थियो।

झगडा हुँदा गुर्वाचार्यले उपेन्द्र भट्टमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले बताए।

महानगरीय प्रहरी वृत्त, थानकोटबाट प्रहरी परिचालन गरी शनि गुर्वाचार्यलाई बा ३६ प ८४९१ नम्बरको मोटरसाइकलसहित साँझ साढे ६ बजे मच्छेगाउँबाट पक्राउ गरिएको थियो।

उनको साथबाट खुकुरी पनि बरामद गरिएको एसपी बस्नेतले बताए।

उनीमाथि प्रहरीले ज्यान मार्ने उद्योग कसूरअन्तर्गत मुद्दामा अनुसन्धान गरिरहेको छ। ‍

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Total Abducted 00
Severely damaged Buildings 00
Totally damaged Vehicles 00
National/Online Media

0 Comments

Related Reports