Incident Reports

प्रतिनिधिसभा विघटनविरुद्ध झापामा नागरिक प्रदर्शन

2021-01-28

Province 1, Jhapa, Jhapa

काँकडभिट्टा — प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्लामा नागरिक स्तरबाट प्रदर्शन सुरुआत भएको छ । विभिन्न पेशाकर्मी, संघसंस्था, नागरिक अगुवा र दलको संयुक्त आयोजनामा ओलीको कदमविरुद्ध प्रदर्शन भएको हो ।

सीमान्त सहर काँकडभिट्टामा आयोजित प्रदर्शनमा युवा, विद्यार्थी, सामाजिक संघसंस्थाका अगुवा, शिक्षक, पत्रकार, व्यवसायीहरुको उत्साहजनक सहभागिता थियो । ओलीको असंवैधानिक कदमविरुद्ध झापामा नागरिक स्तरबाट भएको यो पहिलो प्रदर्शन हो ।

मेची भन्सार अगाडीबाट सुरु र्‍यालीले विभिन्न नाराबाजी गर्दै काँकडभिट्टा बजार परिक्रमा गरेको थियो । र्‍यालीमा 'संविधानलाई कुल्चेर, नैतिकतालाई बिर्सेर, चुटकिला अझै जारी छ, जनतालाई दु:खको भारी छ' जस्ता नाराहरु गुन्जिएका थिए । 

काठमाडौंमा भएको नागरिक आन्दोलन र त्यसमा भएको चरम दमनले झापामा आन्दोलन गर्न झकझकाएको युवा अभियन्ता सागर शिवाकोटीले जनाए । कोणसभालाई सम्बोधन गर्दै शिवाकोटीले ओलीको कदम संवैधानिक र राजनीतिक दुवै रुपमा प्रतिगामी भएको बताए । उनले थपे, ‘संसद् पुन:स्थापित नभएसम्म लागि आन्दोलन जारी राखिने छ ।’ 

झापाको विरोध प्रदर्शनका केही रोचक पक्ष थिए । र्‍यालीको अगुवाई दलले हैन, युवा र विद्यार्थीले गरेका थिए । विगतमा दलका नेताहरु बोल्थे । यो आन्दोलनमा नेताहरुले सुने, युवा अभियन्ताहरु बोले । युवा अभियन्ता संस्कृति रिजालले ओलीको कदमले नेपाली जनताको लामो बलिदानी र संघर्षबाट प्राप्त उपलव्धी गुम्न लागेको बताउदै भनिन्, ‘ओलीको कदमविरुद्ध देशभरका युवा शक्ति एकताबद्ध हुनैपर्छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments