Incident Reports

विघटनको विरोधमा बी-बोइङ

2021-01-29

Bagmati, Kathmandu, Kathmandu

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस निकट युवा तथा विद्यार्थीहरूले संसद् भवन अगाडि बी-बोइङ डान्स गर्दै विरोध प्रदर्शन गरेका छन्।

प्रतिनिधि सभा विघटन कानुनसम्मत नभएकाले प्रतिनिधि विघटन नै नभएको भन्दै उनीहरूले बी-बोइङ डान्स गर्दै जुलुस प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले 'सहिद बन्छौँ तर समर्पण गर्दैनौँ' भन्दै उनीहरूले प्रदर्शन गरेका थिए। सडक अवरुद्ध गरी कालो पट्टीसहित डान्स गर्दै विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीहरुलाई पक्राउ समेत गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले १५ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments