Incident Reports

संसद विघटनविरुद्ध काठमाडौँमा नागरिक समाजको अहिंसात्मक प्रदर्शन

2021-01-30

Bagmati, Kathmandu, Kathmandu

नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार पनि माइतीघरमा अहिंसात्मक प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सवैधानिक प्रणालीको सुरक्षा गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

 गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध प्रदर्शन भइरहेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments