Incident Reports

धनगढीमा प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

2021-01-30

Sudurpashchim, Kailali, Dhangadhi

धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरू भएको  छ। 

धनगढी चौराह र क्याम्पसरोडबाट नाराबाजीसहित जुलुस निकालिएको छ। जुलुसमा सहभागी कार्यकर्ताले प्रधानमन्त्रीविरूद्धमा नाराबाजी गरिरहेका छन्।

उक्त समूहका नेता दीर्घ जोशीले बृहत् र्‍याली सुरू भएको जानकारी दिए। 

उनले केहीबेरमा खुलामञ्चमा सुरू हुने विरोध सभातर्फ र्‍याली पुग्ने बताए।

सभामा वक्ताका रूपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधव कुमार नेपाल र प्रदेश इन्चार्ज भीम रावललाई राखिएको छ।

उनीहरूले केहीबेरमा सभालाई सम्बोधन गर्नेछन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments