2021-01-30
विभाजित नेकपाका दुवै पक्ष पहिलो चरणका भेला बैठकहरु सकेर ठूला आमसभा आयोजना गर्ने प्रतिस्पर्धामा छन् । माघ २३ र २८ गते एक साताको फरकमा केपी ओली पक्ष र प्रचण्ड माधव पक्षले काठमाडौंमा वृहतसभाको तयारी गरिरहेका छन् ।
शनिवार प्रचण्ड माधव पक्षले धनगढीमा प्रदेशस्तरीयसभा गरिरहदा ओली पक्षले प्रचण्डको गृहजिल्ला चितवनमा जिल्लास्तरीय सभामा ठूलो संख्या जुटाएर शक्ति देखायो । प्रधानमन्त्री ओली सहित संघीय सरकारका चारजना मन्त्री समेत सहभागी सभा भरतपुरमा आयोजना भएको थियो ।
प्रधानमन्त्रीले विभिन्न विकास आयोजनाको शिलान्यास गर्दा मेयर रेनु दाहालले बहिस्कार गरेकी थिइन् । त्यसपछि आयोजित आमसभामा प्रधानमन्त्री ओली र गृहमन्त्री रामवहादुर थापा बादल सहितका नेताहरुले प्रचण्डका बाबु छोरीको आलोचना गरेका थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Contestation over Constitution and federal restructuring |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | NCP (Nepal Communist Party) and Affiliates |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | NCP (Nepal Communist Party) and Affiliates |
Actor 2 - Youth | na |