Incident Reports

बालिका हत्याको आरोपमा तीन जना गिरफ्तार l

2014-06-17

Province 1, Jhapa, Gauradhaha

Arjun Basnet जुरोपानी गाविस-९ की ११ वर्षीया बालिकालाई अपहरण गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले जुरोपानी गाविस- ९ का २० वर्षीय उमेश माझी, १९ वर्षीय सञ्जय माझी र ४२ वर्षीय रामप्रसाद माझीलाई असार ३ गते गिरफ्तार गरेको छ । पीडित बालिका जेठ ३० गते दिउँसोदेखि बेपत्ता भएकी थिइन् । असार २ गते घरनजिकै सिसौघारीमा उनको शव फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले शंकाको आधारमा आरोपितहरूलाई गिरफ्तार गरेको हो । छिमेकमा रहेको आरोपितहरूको घरको गाईगोठमा रगतका टाटाहरू भेटिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर डिल्ली चौहानले बताए । बालिकाको राति बलात्कारपछि हत्या गरेको इन्स्पेक्टर चौहानको अनुमान छ । घटनाको तथ्यनजिक पुगिसकिएको र अभियुक्तलाई कानुनी कारबाहीको लागि प्रहरीले कुनै कसर बाँकी नराख्ने इन्स्पेक्टर चौहानको भनाइ छ । शवको असार ३ नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि परिवारले दाहसंस्कार गरेका थिए । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis