Incident Reports

प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोधमा पोखरामा नागरिक आन्दोलन

2021-01-30

Gandaki, Kaski, Pokhara Lekhnath

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोधमा पोखरामा नागरिक आन्दोलन सुरु भएको छ । काठमाडौंमा हुँदै आएको आन्दोलन शनिबारदेखि पोखरामा पनि सुरु भएको हो । पोखरामा शनिबार र्‍यालीसहित विरोध प्रदर्शन भएको छ । र्या‍लीमा सहभागीले संवैधानिक निकायमाथि कब्जा बन्द गर, ओलीतन्त्रबाट गणतन्त्रलाई बचाऔं, प्रतिगमनका छोराछोरीले प्रतिगमनलाई ‘बा’ भन्छन्, संवैधानिक सर्वोच्चता कायम गर लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

र्पछि आयोजित सभामा बोल्दै लेखक गनेस पौडेलले देश संकटमा परिरहँदा प्रतिपक्षी दल प्रधानमन्त्रीको कुर्सी ताक्ने ध्याउनमा लागेको बताए ।

‘यो संसदको मात्रै होइन संविधानको विघटन हो । चुनावमा पहिलो भएर एउटा पार्टी प्रधानमन्त्रीको कुर्सी ताकेर बस्छ,’ लेखक पौडेलले भने, ‘अर्को एउटा पार्टी सूर्य चिह्न कसको भागमा पर्ला भन्ने चिन्ताले ग्रसित छ । संविधान र देशको चिन्ता लिने राजनीतिक दलको ठूलो उपस्थिति छैन ।’

आफ्नो घरझगडाले गर्दा प्रधानमन्त्री ओलीले पुरै गाउँलाई नै आगो लगाएको उनले बताए । ‘जब संविधानमाथि उनले कू गर्छन् त्यो नेपाल आमाको थाप्लोमाथि गरेको कू र आमाको टाउकोमा हानेको लात्ती हो । अब पनि बोलेनौं चुप लागेर बस्यौं भने योभन्दा ठूलो आत्मघात र राष्ट्रघात अरु हुँदैन,’ लेखक पौडेलले भने ।

सुशासनका लागि नागरिक समाज कास्कीका पूर्वाध्यक्ष आनन्दराज मुल्मीले एकजना व्यक्तिको स्वार्थले जनता सडकमा आउनुभन्दा ठूलो विडम्बना अरु हुन नसक्ने टिप्पणी गरे । नेपालको संविधानले अब पुस्ता सडकमा आउनुपर्दैन भनेर व्यवस्था गरे पनि हस्ताक्षर गर्नेले नै त्यसलाई कुल्चिएको उनले बताए ।

प्रदर्शनमा कविता वाचन र गीत पनि प्रस्तुत गरिएको थियो । संगम साँस्कृतिक मञ्चका प्रतिनिधिले गीत गाए । २०६२÷०६३ को जनआन्दोलनका प्रथम सहिद भीमसेन दाहालको महेन्द्रपुलस्थित सालिक अगाडि उभिएर गाएको गीत यस्तो थियोः

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments