Incident Reports

सहिद माथेमाको शालिकमा माल्यार्पण गर्दै प्रतिनिधि सभा विघटनको विरोध

2021-01-31

काठमाडौं- बृहत् नागरिक आन्दोलनले सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यार्पण गर्दै प्रतिनिधि सभा विघटनको विरोध गरेको छ।

सहिद माथेमाले सहादत प्राप्त गरेको स्थानमा पुगेर माथेमाको शालिकमा माल्यार्पण गरी केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको विघटनको विरोध गरेको हो। 

प्रतिनिधि सभा विघटनलाई प्रतिगमनको संज्ञा दिँदै आन्दोलनले सिफल चौरमा विरोध प्रदर्शन गरेको हो। विरोधमा नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत उपस्थित थिए।

आन्दोलनले प्रतिनिधि सभा विघटन भएपछि लगातार विरोध गर्दै आएको छ। 


 

 






 

 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments