Incident Reports

बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी

2021-02-01

Bagmati, Makawanpur, Hetauda

१९ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा (प्रचण्ड–माधव समूह) ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी गरेको छ ।

आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका छन् ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।

प्रचण्ड–माधव समूहबाट संसदीय दलको नेता बनाइएकी नेतृ अष्टलक्ष्मी शाक्यले आज पत्रकार सम्मेलन गर्दै अविश्वासको प्रस्ताव पारित हुने डर र आशंकाले सभामुखलाई प्रयोग गरिएको र सभामुख पनि अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणी गरिन् । उनले तत्काल प्रदेशसभाको बैठक बोलाउन माग गरेकी छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments