Incident Reports

संसद् विघटनको विरोधमा कांग्रेस बैतडीका भातृसंस्थाद्वारा प्रदर्शन

2021-02-01

बैतडी: प्रतिनिधी सभा विघटनको विरोधमा नेपाली कांग्रेस बैतडीका भातृसंस्थाहरुले पनि विरोध प्रदर्शन गरेका छन्। नेपाली कांग्रेसको केन्द्रिय निर्णय अनुसार जिल्ला तहमा पनि संसद विघटनको विरोधमा प्रदर्शन गरिएको तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले बताए। जिल्ला सदरमुकाममा गरिएको प्रदर्शनमा जिल्लाका १० ओटै स्थानीय तहबाट नेपाली कांग्रेस तथा भातृसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको उनले बताए। लोकतान्त्रिक चोक शाहीलेकबाट सुुरु भएको विरोध र्याली गढी हुँदै गोठलापानीमा विरोधासभामा परिणत भएको थियो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments