Incident Reports

बिहीबारको आम हड्ताल तयारी : प्रचण्ड-नेपाल पक्षका युवाको राँके जुलुस

2021-02-03

Province 1, Morang, Biratnagar

विराटनगर :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल निकट विद्यार्थी (अनेरास्ववियू) र राष्ट्रिय युवाले संयुक्त मसाल जुलुस निकालेको छ।प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार संयुक्त रूपमा मसाल जुलुस निकालिएको हो। विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका युवा नेता पारुल क्षत्रीले (भोलि) बिहीबार तोकिएको देशव्यापी आम हड्तालमा सरकारी गाडी आवतजावतमा पनि छुट नहुने चेतावनी दिएका छन।

'भोलिको आम हड्ताल हाम्रो शान्तिपूर्ण हुनेछ,' नेता क्षत्रीले भने, 'यदि हड्ताल अवज्ञा गर्दै सरकारी गाडी आवतजावत गरे हामी चाबी खोस्न पछि हट्दैनौं।' 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments