Incident Reports

सुर्खेतमा आन्दोलनकारीको कुटपिटबाट एक घाइते

2021-02-04

सुर्खेतमा नेकपाको माधव–प्रचण्ड समूहले आह्वान गरेको आमहड्तालका क्रममा बन्द उलंघन गरेको भन्दै एक सर्वसाधारणमाथि कुटपिट भएको छ । आन्दोलनकारीको एक समूहले स्थानीय इगरब्रीज बोर्डिङ स्कुल नजिकै सर्वसाधारणालाइ कुटपिट गरेका हुन् ।

दैलेखको भैरवी गाउँपालिका –१, जोरासिंह विष्टलाई आन्दालनकारीहरुले कुटपिट गरि घाइते बनाएका हुन् । विष्ट मोटरसाइकलमा सवार थिए । एयरपोर्ट चोकदेखि बजारतर्फ अत्यावश्यक काममा हिँडिरहेको बेला आन्दालनकारीले मोटरसाइकल रोकेर कुटपिट गरेको विष्टले जानकारी दिए ।

उनको मुख, हात र ढाडमा चोट लागेको छ भने विष्टले लगाएको ज्याकेट समेत च्यातिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न आन्दोलनकारीको खोजी भैरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments