Incident Reports

बन्दकर्ताद्वारा झापामा कार तोडफोड,एक घाइते

2021-02-04

Province 1, Jhapa, Birtamod

नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले झापामा एउटा कार तोडफोड गरेका छन्। बन्द अवज्ञा गर्दै सडकमा कार कुदाइरहेको भन्दै नेकपाका कार्यकर्ताले मे१च १९४२ नम्बरको गाडी रोक्न खोज्दा चालकले उल्टै कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड गरेका हुन्।

बिर्तामोडको पश्चिम बस पार्क भएको घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराई घाइते भएका छन्। उनको हातमा चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको बताइएको छ। यता कार्यकर्ताले गाडी तोडफोड गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर सुरक्षा प्रदान गर्दै भिडलाई नियन्त्रण गरेको थियो।

सरकारले संवैधानिक निकायहरूमा जबरजस्ती पदाधिकारी नियुक्त गरेपछि त्यसको विरोधमा आम हडताल सफल बनाउन राजमार्गमा बिहानैदेखि नेकपाका कार्यकर्ताहरू बन्द गराउँदै हिँडेका छन्। बन्दका कारण झापाको जनजीवन प्रभावित बनेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Total Abducted 00
Totally damaged Vehicles 1
National/Online Media

0 Comments