Incident Reports

डडेल्धुरामा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

2021-02-04

Sudurpashchim, Dadeldhura, Ganayapdhura, Ward 1

डडेल्धुरा :

डडेल्धुरामा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ। बिहीबार जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भातकाँडा बजारमा ड्युटीमा खटिएका भातकाँडा प्रहरी चौकीका इन्चार्ज अम्मरबहादुर कठायतमाथि आक्रमण भएको हो।

बजार बन्द गराउँदै हिँडेका नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताहरूलाई बजार बन्द नगराउन भनेपछि उनीहरूले कठायतमाथि ढुंगा प्रहार भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

इन्चार्ज कठायत बजारमा गस्तीमा रहेका समयमा बन्दकर्ताहरूले लुकेर डाँडाबाट हानेको ढुंगाले उनको खुट्टामा सामान्य चोट लागेको डीएसपी नेपालले बताए।

आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको उनले बताए। प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments