Incident Reports

मोटरसाइकल तोडफोडको भिडियो खिचिरहेका पत्रकारमाथि दुर्ववहार

2021-02-04

मधेश24,सिरहा ।

सिरहामा आन्दोलनकारीहरुले पत्रकारमाथि दुर्ववहार गरेको छ । सिरहाको मिर्चैयास्थित कटारी चोकमा आन्दोलनकारीहरुले पत्रकारलाई दुर्ववहार गरेको हो । स्थानीय सञ्चारकर्मी श्याम ठाकुरमाथि आन्दोलनकारीहरुले दुर्ववहार गरेका हुन् । नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा गरिएको आमहडतालको रिपोर्टिङमा रहेका उनलाई धक्का हान्दै दुर्ववहार गरिएको छ ।

पत्रकार ठाकुरले आन्दोलनकारीहरुले तोडफोड गरिरहेको मोटरसाइकलको भिडियो लिइराखेका थिए ।सोही क्रममा किन भिडियो लिएको भन्दै आन्दोलनमा सहभागी केहि व्यक्तिको समूहले पत्रकार ठाकुरको मोबाइल खोस्दै दुर्ववहार गरेका छन् ।

आन्दोलनकारीहरुले राजमार्गमा टायर बाल्दै धर्ना दिएका छन् । उनीहरूले धर्ना दिँदा अत्यावश्यक बाहेका सवारीसाधन ठप्प छ भने पसलहरु पनि बन्द छन् । मिर्चैयामा पूर्वमन्त्री तथा नेकपाका नेता महेन्द्र पासवान तथा मिर्चैयाका मेयर श्रवण यादवको नेतृत्वमा आन्दोलन भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments