Incident Reports

बीपीका चिकित्सक आन्दोलित

2021-02-05

Province 1, Sunsari, Dharan

विराटनगर ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारको अखडा बनेपछि त्यसविरुद्ध यहाँका चिकित्सक आन्दोलित भएका छन्।

उनीहरूले संस्थालाई तत्काल सुधार नगरे सामूहिक राजीनामा दिने चेतावनी दिँदै व्यवस्थापन पक्षसमक्ष दबाब बढाएका छन्। चिकित्सकले शुक्रबारदेखि उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षअगाडि धर्ना दिन थालेका छन्। उनीहरूले शिक्षाध्यक्ष डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरी आफ्ना माग पूरा गर्न आइतबारसम्मको अल्टिमेटम दिएका छन्।

प्रतिष्ठानका उपकुलपति डा. गिरी, शिक्षाध्यक्ष डा. खनाल, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठान सुधार गर्न पहल नगरेको गुनासो उनीहरूले गरेका छन्। यस्तै, नियमित कामकारबाहीसमेत स्थगन गरी प्रतिष्ठानलाई धराशयी बनाएको भन्दै प्रतिष्ठानका चिकित्सक मेडिकल तथा डेन्टल फेकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका हुन्। यी चिकित्सकले तत्काल प्रतिष्ठानलाई सुधार नगरिए आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports