Incident Reports

प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता गिरफ्तार

2021-02-06

नेत्रविक्रम चन्द (विप्लव) नेतुत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय हरिचौरको प्रहरी टोलीले माघ २४ गते साँझ गिरफ्तार गरेको छ ।

प्रतिबन्धित पार्टीका जनसरकार प्रमुख बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–२ का ३० वर्षीय छमसेन भन्ने भुवन सेन र सोही पार्टीका सदस्य मकवानपुर जिल्ला बागमती गाउँपालिका–७ का ३१ वर्षीय प्रकाश माझीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विराट शर्मा पौडेलले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

गिरफ्तार गरिएका दुवैलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याउँदै गरिएको उहाँले बताउनुभयो ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments