Incident Reports

अपरिचित समूहद्वारा दुई यातायात मजदुरमाथि आक्रमण

2021-02-12

Province 1, Sunsari, Dharan, Ward 8

धरानस्थित सडकमा हिँडिरहेका दुईजना यातायात मजदुरमाथि अपरिचित समूहले आक्रमण गरेको छ । कोसी राजमार्गअन्तर्गत धरान–८ यामाहा सोरुमनजिक शुक्रबार राति करिब १० बजे दुई यातायात मजदुरमाथि हतियारधारी समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । 

गाडी थन्काएर कोठातर्फ गइरहेका चालक राजु विश्वकर्मा र सारांश पोखरेललाई अपरिचित दुईजना युवाले आक्रमण गरेका थिए । आक्रमण गर्ने ती युवाबारे पहिचान भएको छैन ।  

पोखरेलको टाउकोमा चोट लागेको छ । अर्का चालक विकलाई पनि ढाडपछाडि हतियारले प्रहार गरे पनि बाक्लो लेदरको ज्याकेट भएकाले शरीरमा चोट नलागेको बताइएको छ । उनीहरूले तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।  

आक्रमणकारीविरुद्ध प्रहरीमा लिखित उजुरी आएपछि उनीहरूको खोजी गरी फक्राउ गरिने इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

गत बिहीबार दिउँसो धरान–६ पानवारीमा घरमा एक्लै भएको मौकामा ७५ वर्षीया जसमाया लिम्बूको सुनको सिक्री र कानको मारवाडी लुटपाट गर्नेलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । दिउँसै लिम्बूलाई चक्कुले घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports