Incident Reports

विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक विरूद्ध उजुरी

2021-02-05

Lumbini, Dang, Rajpur

सिक्टा मावि, राजपुरमा कक्षा १० मा अध्ययनरत छात्राहरू लमही नपा–९ की १५ वर्षीया सोमा कुमाल, १८ वर्षीया सर्मिला कुमाल र राजपुर गाउँपालिका –७ की १६ वर्षीया सर्मिला नेपालीलाई टेष्ट परीक्षाको गणित विषयमा नम्बर नल्याएको आरोपमा कुटपिट गरेको भन्दै शिक्षक  ३७ वर्षीय हेमराज विक विरूद्ध पीडितपक्षले फागुन २ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएका छन् ।

विद्यार्थीहरूलाई गणित विषयमा शून्य नम्बर आएको भन्दै कक्षा कोठामै शिक्षक विकले माघ २२ गते पाइपले  कुटपिट गरेको उजुरी आएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार भट्टले बताउनु भयो । भट्टका अनुसार फागुन ३ गते विद्यालयमा छलफल भइरहेको छ ।

कुटपिटबाट  सर्मिला कुमाल उठ्न बस्न नसक्ने अवस्था भएपछि माघ २३ गते लमही अस्पतालमा उपचार गरिएको अभिभावक नरेश कुमालले बताउनु भयो । कक्षामा ४७ जना विद्यार्थी रहेको र ती मध्ये एकजना बाहेक सबैलाई कुटपिट गरेको घाइते विद्यार्थी सोमा कुमालले बताउनु भयो ।

घटनाबारे विद्यार्थीहरूले घरमा नभनेको तर विद्यार्थीहरूले खिचेको भिडियो माघ ३० गते सामाजिक सञ्जालमा सार्बजनिक भएपछि थाहा पाएको अभिभावक नरेश कुमालले बताउनु भयो ।

शिक्षक विश्वकर्माले पढ्दा ध्यान नदिने र सुध्रेलान भनेर सामान्य कुटपिट गरेको बताउनु भयो । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले बालबालिका कुटपिट गरेको भिडियो फेसबुकमा देखेको तर अभिभावकहरूबाट कुनै गुनासो नआएको बताउनु भयो । उहाँले  विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारबाही हुने बताउनु भयो ।

जयनारायण पुन

[Update]

विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

कम नम्बर ल्याएको भन्दै निर्घात रूपमा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन्।

जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ स्थित माध्यामिक विद्यालय सिक्टामा गणित र विज्ञान विषय पढाउँदै आएका राहात कोटाका शिक्षक हेमराज बिक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएएसपी मुकुन्दप्रसाद रिजालका अनुसार शिक्षक बिकलाई अभिभावकको जाहेरीका आधारमा फागुन ३ गते दिउँसो पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय गढवाले शिक्षक बिकलाई पक्राउ पछि थुनामा राखेर अनुसन्धान गरिरहेको छ।
दाङ देउखुरी जिल्ला अदालतले फागुन ४ गते विकलाई दस दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको इप्रका गढवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए।

शिक्षक विक बिरूद्ध बालबालिका सम्बन्धि कसुर २०७५ अन्त्ततर्गत मुद्दा दायर गरि घटनाका प्रत्यक्षदर्शी, विद्यालय प्रशासन लगाएतसँग सोधपुछको काम भइरहेको गढवाका प्रमुख भट्टले बताए।
विद्यालय हाता भित्र वा विद्यालय क्षेत्रमा बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको पाइएमा बालबालिका सम्बन्धी कसुर २०७५ अनुसार एक वर्षसम्म कैद र ५० हजारसम्म आर्थिक जरीवानाको व्यवस्था कानुनमा रहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments