2021-02-16
हाम्रो देश यतिबेला गम्भिर राजनितिक संकटको अवस्थामा छ । राजनितिक स्थिरता र दिगो विकास नारामा मात्र सिमित रहेको हामी नेपालीले अहिले महशुस गर्दछौ । तत्कालिन संविधान सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी ग¥यो जस पश्चात हामी नेपालीको मनमा अब भने हाम्रो देशमा राजनितिक स्थिरता हुन्छ है भन्ने ठूलो विश्वास थियो तर हाम्रो संविधान आएपछिको पहिलो निर्वाचित सरकारको कार्यशैली र संसद विघटन सम्म आउपुग्दा हामी नेपाली जनता राजनितिक अस्थिरता र दिगो विकासको भ्रममा छौ की भनेर सोच्न बाध्य बनायो ।
अहिले हाम्रो देशको सम्पूर्ण वर्गको ध्यान यतिबेला सर्वोच्च अदालत तर्फ मोडिएको छ । आउने दिनमा सर्वोच्च अदालतले के निर्णय गर्छ यो हामी सबैका लागी चासोको विषय हो । तर हामीले दुई तिहाई मत दिएर निर्वाचित भएको सरकारले के कति कार्य ग¥र्यो र संविधान कार्यन्वयन प्रतिको भूमिका हेर्दा हामी निराशाजनक हुन्छौ । किनभने नयाँ संविधान कार्यन्वयनको विषयमा सबैभन्दा महत्वपूर्ण र प्रत्यक्ष रुपले जनताको जिवनसँग जोडिएकोविषयहो नागरिकता सम्बन्धि विधेयक जुन विधेयक संविधान जारी भएको पाँच वर्ष वितिसक्दा पनि पास नभएर ऐन नबनेको अवस्था छ । नागरिकता जस्तो संवेदनशील विषयको समाधान नहुदा देशमा लाखौँको संख्यामा जनताहरु नागरिकता पिडित र राज्यविहिन भएर वस्नुपरेको अवस्था छ । ति लाखौँ नागरिकता पिडितहरु मध्य धेरै जसो युवाहरु रहको पाइन्छ । प्राय अनागरिक हुनुको मुख्य कारण बुवाको जन्मसिद्ध नागरिकता हुनु र आमाको नामबाट नागरिकता नपाउनु हो तर अहिलेको संविधानको धारा १० र धारा ११ मा नागरिकता दिने स्पष्ट प्रावधान भएपनि विधेयक पारित नहुदा लाखौँको संख्यामा जनताहरु आफ्नै देशमा अनागरिक तथा राज्यविहिन भएर बस्नुको पिडा हामी कल्पना पनि गर्न सक्दैनौ ।
वास्तवमा अहिले एउटा व्यक्ति सँग नागरिकता नहुदाँ उसलाई दैनिक जिवनयापन देखी सम्पूर्ण क्षेत्रमा निकै कठिनाई हुदोरहेछ भन्ने कुरा विभिन्न तथ्यले पनि पुष्टी गर्दछ जस्तै—
नागरिकता नहुदाँ राज्यको सम्पूर्ण सेवा सुविधाबाट बञ्चित हुनुपर्छ ।
नागरिकता नहुदाँ हामी आफ्नो मौलिक अधिकार, सामाजिक अधिकार, मानव अधिकार, सांकृतिक अधिकार, आदि बाट बञ्चित हुनुपर्छ ।
नागरिकता नहुदाँ हामी सामान्य बैंक खातातथासामान्यसिमसमेतसंचालनगर्नसक्दैनौ ।
नागरिकता नहुदाँ युवाहरुका लागि सबैभन्दा महत्वपूर्ण कुरा जागिर गर्न सक्दैनन् जसले गर्दा युवाहरुको भविष्य नै अन्यौलमा पर्छ र जिन्दगी बर्बाद हुने डर बढ्न थाल्छ ।
नागरिकता नहुदाँ विदेश गएर पढ्ने अथवा कमाउने कुराको कल्पना समेत गर्न सकिदैन ।
साथै हामीलाई दैनिक जिवनयापनका लागि सानो देखी ठूलो सबै जसो कामका लागि नागरिकता अनिवार्य चाहिन्छ ।
आखिर देशको राजनितिक अस्थिरताको शिकार कहिले सम्म जनता बनिरहने हो ? अहिलेको संसद विघटनले कसैलाई ठूलो पिर परेको छ भने त्यो हो देशको ठूलो युवा वर्ग जो अहिले सम्म पनि राज्यविहिन हुन वाध्य छन् । किनभने नागरिकता सम्बन्धि विधेयक २०७५ साल साउन २२ गते दर्ता भएर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिती’मा पुग्यो र त्यहाँ दफावर छलफल भएर जसोतसो २२ महिना पछी २०७७ साल असार ०७ गते उक्त विधेयक सम्बन्धि प्रतिवेदन समितीबाट पास भएर २०७७ साल असार ०९ गते उक्त प्रतिवेदन प्रतिनिधिसभामा पेश भयो र पेश भएको केही दिन पछी अधिवेशन अन्त्य गरियो । त्यसपछी सम्पूर्ण नागरिकता पिडित युवावर्गहरुको ध्यान अब आउने अर्को अधिवेशन तिर केन्द्रित भयो जुन अघिल्लो अधिवेशन अन्त्य भएको छ महिना भित्र बोलाउने संवैधानिक व्यवस्था छ तर वर्तमान सरकारले आफ्नो आन्तरिक पार्टी भित्रको संघर्षको कारण प्रतिनिधिसभाको अधिवेशन बोलाउनु अगावै पुस ५ गते विघटन गरिदियो र एक पटक फेरी लाखौँ नागरिकता पिडित युवाहरुका लागि भने यो संसद विघटन नभएर आफूहरुको जिन्दगी विघटन भएको पिडितहरुको बुझाई छ ।
सुनसरीको इटहरीमा घर भएको एकजना युवा नागरिकता पिडित समीर (नाम बद्लिएकोे) भन्नुहुन्छ , “मेरो जन्मस्थान इटहरी नै भएर बच्चा देखी स्नातक सम्मको पढाई मैले यही बाँट सके र म सँग जन्मदर्ता देखी लिएर पढाईको सम्पूर्ण प्रमाण पत्रहरु छन् साथसाथै मेरो आमा र बुवा दुवै जनाको नागरिकता र मतदाता पहिचान पत्रहरु छन् त्यसैगरी बुवाको नाममा रहेको जग्गाको लालपूर्जा र विजुलीको बिल देखी लिएर नागरिकताको सिफारिसको लागी चाहिने सम्पूर्ण कागज पत्र र प्रमाण पत्रहरु छन् तर पनि मैले नागरिकता पाएको छैन र अहिले नागरिकता नपाउनुको एक मात्र कारण हो बुवाको जन्मसिद्ध नागरिकता र नागरिकता विधेयक पास नहुनु । जसको कारण आज सम्म मैले आफ्नो भविष्य अन्धकार तर्फ धकेलिएको महशुस गर्दछु किनभने जिवनको हरेक पाइलामा नागरिकता नभई नहुने कुरा हो र वास्तवमा भन्ने हो भने नागरिकता पिडितको अवस्था भनको जिउदो लाश जस्तो हो जुन कुरा म आफै महशुस गर्दछु ।”
त्यसैले हामी भन्न सक्छौ नागरिकता भनेको अत्यन्तै संवेदनशील विषय हो र यो प्रत्यक्ष रुपले व्यक्तिको जिवन सँग जोडिएको हुन्छ र अझ हामी भन्न सक्छौँ व्यक्तिको जिवन र नागरिकता भनेको साईकलको दुई पाँग्रा जस्तै हुन् जसरी एउटा पाँग्रा बिना साईकल चल्न सक्दैन त्यसरी नै नागरिकता बिना जिवन चल्न सक्दैन । हामी आशा गछौ आउने दिनमा देशमा स्थिरताको माहौल भई चाडो भन्दा चाडो नेपाल सरकारले यस संवेदनशील विषयलाई निकै नै गम्भिरता पूर्वक र प्राथमिकताका साथ समाधान गर्नेछ र देशको सम्पूर्ण निर्दोष नागरिकता पिडितहरुले छिटो भन्दा छिटो न्याय पाउनेछन् र एक पटक फेरी नयाँ जिवनको सुरुवात गर्नेछन् ।