Incident Reports

नेपाली कांग्रेस सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको विरोधसभा

2021-02-15

Karnali, Surkhet, Birendranagar

स्काई न्यूज /फागुन ३, सुर्खेत । 

नेपाली कांग्रेस सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने अधिकांश नेता÷कार्यकर्ताले कम्युनिष्टहरुसँग सत्ता चलाउने सामथ्र्य नभएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री शिवराज जोशीले नेकपाको सत्ता लुछाचुँडीका कारण संविधान धरापमा परेको बताए । ‘उहाँहरुको आपसी लडाइले लोकतन्त्र धरापमा परेको छ । संविधानको उलंघन प्रधानमन्त्री ओलीले गरेका छन,’ उनले भने, ‘ओलीले चालेको प्रतिगमनकारी कदमका विरुद्ध संयमित भएर हामी आन्दोलनामा होमिएका हौं । मुलुकको मुहार फेर्ने जिम्मा फेरि नेपाली कांग्रेसको काँधमा आएको छ ।’ उनले प्रतिगमनका विरुद्ध सबै देशभक्त नागरिक आन्दोलित हुनुपर्ने बेला आएको बताए । त्यस्तै सुर्खेत जिल्ला पार्टी सभापति कमलराज रेग्मीले भने, ‘सत्तामा भएको समयमा चलाउन नसक्ने, प्रतिपक्षीमा भएको समयमा कुर्सी तोड्ने र रेलिङ्ग भत्काउने काममात्रै नेकपाले गर्न सकेको छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments