Incident Reports

पत्नीलाई जबर्जस्तीकरणी गरेको आरोपमा गिरफ्तार l

2014-06-18

Bagmati, Makawanpur, Hetauda

Pratap Bista पत्नीलाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले हेटौँडा नपा-४ का १८ वर्षीय सुनिल न्यौपानेलाई असार ४ गते प्रहरीले गिरफ्तार गरेको छ । कुटपिटसमेत गरी आफ्नो इच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको आरोप लगाउँदै न्यौपानेकी २० वर्षीया पत्नीले प्रहरी कार्यालयमा असार ४ गते उजुरी दिएपछि न्यौपानेलाई सोही दिन गिरफ्तार गरेर जिल्ला अदालतमा मुद्दा दायर गरेको एसपी गणेशबहादुर ऐरले बताए । इच्छा विपरीत करणी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । पीडित महिला स्नातक तहमा अध्ययनरत छिन् । बिहानको क्याम्पस पढाई सकेर घर पुग्दा ढिलो आउने गरेको भन्दै पतिलगायत परिवारका सदस्यले कुटपिटसमेत गर्ने गरेको उजुरीमा उल्लेख छ । पत्नीको इच्छा विपरीत यौन सम्पर्क गरेमा पतिलाई ६ महिनासम्म कैद गर्न सक्ने कानुनी व्यवस्था छ ।

0 Comments

Related Reports
Related Trend Analysis