Incident Reports

बहुविवाहका आरोपितहरू धरौटीमा रिहा l

2014-06-19

Province 1, Khotang, Barahapokhari

DM Chamling बहुविवाह गरेको आरोपमा पुर्पक्षका लागि कारागार शाखा दिक्तेल चलान गरिएका मौवाबोटे गाविस-६, का २८ वर्षीय भुमिराज राई र उनकी कान्छी पत्नी २० वर्षीय रमिला खत्री राई असार ५ गते धरौटीमा रिहा भएका छन् । कारागार शाखा दिक्तेलमा पुर्पक्षका लागि थुनामा रहेकी भूमिराजको जेठी पत्नी २६ वर्षीय प्रमिला राईले ०७० फागुन २९ गते बहुविवाह गर्ने पतिविरुद्ध जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकोमा ०७१ जेठ १ गते आरोपितद्वयलाई प्रहरीले घरैदेखि गिरफ्तार गरेर मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत खोटाङले जेठ २५ गते प्रतिव्यक्ति ४०/४० हजार रुपैया धरौटी माग गरेको तर धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार शाखा दिक्तेल चलान भएकोमा असार ५ गते धरौटी बुझाएर आरोपितहरू रिहा भएको जिल्ला अदालतका श्रेष्तेदार भीष्म भट्टराईले बताए । ०६३ मा विवाह भएपछि एक छोरी र एक छोरा समेत जन्मिएको अवस्थामा पतिले ०७० फागुन १४ गते साउनेचउर गाविस-१ की रमिलासँग बहुविवाह गरेका थिए । आफू थुनामा रहेको अवस्थामा घरव्यवहार सम्हाल्दै छोराछोरीको रेखदेख गरेर बस्नुपर्नेमा पतिले बहुविवाह गरेर आफूलाई अन्याय गरेको पीडितको भनाइ थियो । आफूलाई बलात्कार प्रयास गरेको गर्ने जेठाजु ३६ वर्षीय दीलकुमार राईको ०७० माघ १ गते राति हत्या गरेको अभियोगमा माघ २ गते गिरफ्तारमा परेकी प्रमिला माघ २९ गते जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार शाखा दिक्तेल थुनामा रहेकी छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis