Incident Reports

प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्दार

2021-02-18

Sudurpashchim, Kailali, Ghodaghodi

प्रलोभनमा पारेर ललाईफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्दार गरिएको छ। 

कैलालीको घोडाघोडी नगरपालिका-५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका-१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्दार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। उनका अनुसार उद्दार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारबाहीका लागि प्रहरीचौकी त्रिनगरमा बुझाइएको छ। रासस

 

National/Online Media

0 Comments