Incident Reports

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-02-19

Karnali, Dailekh, Thantikandh

ठाँटीकाँध गाउँपालिका–२ प्याडुलीकी २४ वर्षीया महिला, बर्दियाको बाँसगढी नगरपालिका–४ का ४२ वर्षीय भीमलाल चौधरी र बाँसगढी नगरपालिका–६ का २४ वर्षीय बिष्णुलाल चौधरीलाई जुत्ताका माला लगाएको आरोपमा प्रहरीले ४ जना लाई गिरफ्तार गरेको छ ।

पीडितको उजूरीको आधारमा ठाँटीकाँध गाउँपालिका–३ सुइयाँका २४ वर्षीय प्रेमबहादुर शाही, ठाँटीकाँध गाउँपालिका–२ प्याडुलीका तीन जना ४१ वर्षीय धनबहादुर थापा, २५ वर्षीय दलबहादुर थापा र २० वर्षीय मीनबहादुर थापालाई फागुन ६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

आफूहरूलाई जुत्ताको माला लगाई दुर्व्यवहार तथा बेइज्जती गरेको भन्दै फागुन ५ गते पीडित पक्षले पाँचजना बिरूद्ध दिएको उजुरी अनुसार एक जना १७ वर्षीय बालकलाई गिरफ्तार गर्न बाँकी रहेको इन्स्पेक्टर सुनारले बताउनुभयो ।

टेलिफोनको कुराकानी मार्फत चिनजान भएका आरोपितहरू भेट गर्नको लागि ०७७ फागुन १ गते राति ठाँटीकाँध गाउँपालिका–३ सुइयाँस्थित महिलाको माइती घरमा पुगेका बेला स्थानीयले राति घरभित्र थुनेको पीडित महिलाको आरोप छ ।

विहान प्रहरी पुगेपछि स्थानीयले महिला सहित तीन जनालाई जुत्ताको माला लगाएर कुटपिट गरेको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports