Incident Reports

खलंगामा प्रदर्शनकारी र प्रहरीबीच झडप

2021-01-31

Karnali, Jumla, Guthichaur, Ward 3

प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्ला घेराउ गर्दा खलंगामा तनावग्रस्त भएको छ ।

गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

उनलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । ‘जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल र सोधपुछ पछि उनलाई छोडिएको हो’, उनले भने, ‘मृतकका आफन्तले भने प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ गर्न आएपछि स्थिति तनावग्रस्त भएको हो । भीडलाई तितरबितर गर्न लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको हो ।’

१४ वर्षीय पदम बुढा उपचारका लागि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेका थिए । उनको खुट्टामा चोट लागेर सुन्निएको अवस्थामा उपचारका लागि अभिभावकसँग अस्पताल पुगेका थिए ।

ओपीडीमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसीयूमा राखेर उपचार थालिएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक अनुपमंगल समालले बताए । अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए । ‘उनको श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आईसियुमा राखेर उपचार थालिएको थियो’, उनले भने, ‘जमेको रगतका टुक्राहरु फोक्सामा पुगेका कारण बिरामीलाई बचाउन सकिएन । अस्पतालले बिरामीलाई बचाउन अथक प्रयास गरेको हो ।’

मोबाइल चोरी गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर निर्मम तरिकाले कुटपिट गरेका कारण बुढाको मृत्यु भएको आफन्तले बताइरहेका छन् ।

गुठिचौर गाउँपालिका–३ गज्याङकोटका स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोलन गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो । झडपमा मृतकका आधा दर्जन भन्दा बढी आफन्त घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Secondary Form Excessive Use of Force
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments