Incident Reports

चार्टर्ड एकाउन्टेन्ट साह १९ दिनपछि अपहरण मुक्त l

2014-06-21

Province 1, Morang, Kanepokhari

मोरङ, असार ८ - १९ दिन अघि अपहरणमा परेका राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगरका चार्टर्ड एकाउन्टेन्ट कृष्ण साहलाई प्रहरीले शनिबार राति सकुशल अपहरणमुक्त गराएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकाल नेतृत्वको खोज तथा उद्धार टोलीले लामो अनुसन्धान पछि साहलाई शनिबार राति सकुशल उद्धार गरेको हो । उनलाई भारतसित सिमा जोडिएको सुनसरीको साहेवगञ्जबाट उद्दार गरिएको प्रहरी स्रोतले जनाएको छ । साहलाई मुक्त गराउने क्रममा प्रहरीले अपहरणमा संलग्न केहीलाई समेत नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले साहको अपहरण र उद्दारबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गर्दैछ । गत जेठ २१ गते कार्यालयको काम सकेर घर नफर्केपछि परिवारजनले खोजीका लागि ईलाका प्रहरी कार्यालय दुहबीमा उजुरी गरेपछि उनी अपहरणमा परेको खुलेको थियो । दुहबी ६ घर भएका साह बैंकको कर्जा अधिकृतको रुपमा कार्यरत छन् ।

0 Comments

Related Reports
Related Trend Analysis