Incident Reports

सडकमा संविधान पढेर असंवैधानिक कदमको विरोध

2021-02-22

Province 1, Morang, Biratnagar

विराटनगर / युथ काङ्ग्रेस मोरङले सडकमा संविधान पढेर सरकारको असंवैधानिक तथा अलोकतान्त्रिक कदमको विरोध गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयअगाडि सडकमा बसेर संविधान पढ्दै उक्त कार्यको विरोध गरेका हुन् । केही समय सडकमा बसेर संविधान पढेका उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई एक पत्रसहित एक थान संविधान बुझाएका छन् ।

‘देशमा छाइरहेको अन्योलले अनेकौँ प्रश्न तेर्स्याएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको रक्षा, लोकतन्त्रको रक्षाका लागि हार्दिक अपिल तथा अनुरोध गर्दै नेपाली जनताको संविधान नेपाल सरकारका प्रधानमन्त्रीलाई यसै पत्र साथ संलग्न गरी पठाएका छौँ,’ युथ काङ्ग्रेस नेपाल, मोरङका संयोजक अभिषेक भट्टराईद्वारा हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments