Incident Reports

जसपाको तेस्रो चरणको विरोध कार्यक्रम सम्पन्न

2021-02-21

जनता समाजवादी पार्टी पर्साले जिल्लाका १४ वटै पालिकामा आइतवार प्रदर्शन गरेको छ।
पार्टी केन्द्रीय कमिटीको परिपत्र अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत आज वीरगंज महानगरपालिका, पोखरिया, पर्सागढी, बहुदरामाई नगरपालिका,  जीराभवानी, विन्ध्यवासिनी, सखुवाप्रसौनी, ठोरी, धोबिनी, पकाहमैनपुर, कालिकामाई, छिपहरमाई, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा विरोध कार्यक्रम सम्पन्न भएको जसपा पर्साका सचिव तबरेज अहमदले बताए।
वीरगंज महानगरमा महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको अध्यक्षतामा विरोध प्रदर्शन भएको थियो। प्रदर्शनमा ओमप्रकाश सर्राफ, लालदेव यादव, शेख रुस्तम, सरोज यादव, तुफान अन्सारी आलम, मनमोहन पाण्डे, हरिन्दर साहलगायतको सहभागिता थियो। यसैगरी, विन्ध्यवासिनी गापाको झौवागुठीमा जसपा गापा कमिटीका अध्यक्ष रमेशसाह तेलीको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा गापा अध्यक्ष श्रीलालसाह कानूलगायत नेता, कार्यकर्ताको सहभागिता थियो।

ठोरी गापामा पूर्णसिंह तामाङ, बहुदरामाई नगरपालिकामा सिंहासनसाह कलवा, पर्सागढी नगरपालिकामा शेख खुर्सेद, धोबिनी गापामा दिनेन्द्रप्रसाद कुर्मी, छिपहरमाईमा इजरासनसाह कलवार र कालिकामाईमा दिनेश साह कलवारको अध्यक्षतामा विरोध प्रदर्शन भएको सचिव अहमदले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments