Incident Reports

सरकारको प्रतिगमनविरुद्ध जसपाको विरोध

2021-02-21

Bagmati, Chitawan, Bharatpur

भरतपुर । सरकारविरुद्ध जनता समाजवादी पार्टी सम्बद्ध विभिन्न संगठनहरुले आइतबार भरतपुरमा विरोध र्‍याली निकालेका छन् ।

संसद् विघटनको असंवैधानिक एवम् प्रतिगमन कदमको विरुद्धमा उक्त र्‍याली निकालिएको जनता समाजवादी पार्टी संघीय परिषद् सदस्य रेशम रेग्मीले जानकारी दिए । वीरेन्द्र बहुमुखी क्याम्पसबाट निस्किएको उक्त ¥याली चौबीसकोठी पुगेर समापन भएको थियो ।

समाजवादी विद्यार्थी युनियन जिल्ला समिति चितवन, समाजवादी युवा संघ भरतपुर महानगर समिति र जनता समाजवादी पार्टी नेपालको भरतपुर महानगर समितिले आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments