Incident Reports

मुस्ताङमा दलित मुक्ति संगठनको विरोध सभा

2021-02-22

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रचण्ड माधव समूह निकट दलित मुक्ति संगठनले विरोध सभा गरेको छ । देशव्यापी कार्यक्रम अन्तर्गत मुस्ताङमा प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल दलित मुक्ति संगठन जिल्ला संघर्ष समिति मुस्ताङले कोणसभासहित प्रदर्शन गरेको हो ।

कोणसभामा नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सदस्य धिरेन्द्र विकले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको संसद विघटनको मुद्दामा अब जनताको पक्षमा फैसला हुन लागेको दाबी गरे । 

काम चलाउ हैसियतमा पुगेको आली सरकारले आफैंले बहाली गरेको दलित प्रदेश प्रमुखलाई पदच्यूत गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।संगठनका अर्का केन्द्रीय सदस्य भीमबहादुर रसाइलीले जनताको त्याग र बलिदानीले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको मर्म विपरीत प्रधानमन्त्रीले काम गरेको आरोप लगाए । 

संगठनका मुस्ताङ अध्यक्ष सुकबहादुर विकले राष्ट्रपति र प्रधानमन्त्रीको मेलेमतोमा संसद विघटन गरी राज्यलाई अपांग बनाउन खोजिएको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments