Incident Reports

अपरिचित व्यक्तिहरूको समूहबाट कांग्रेस कार्यकर्ताको घरमा आगजनी

2021-02-24

Madhes, Sarlahi, Dhankaul

धनकौल गाउँपालिका–५ छठियाघाटमा नेपाली कांग्रेसका कार्यकर्ता ४४ वर्षीय बिलास महतोको काठको दुईतले घरमा अपचरित व्यक्तिहरूद्वारा आगजनी गरेको आरोपमा पीडितले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिनु भएको छ ।

फागुन १२ गते राति १० बजे काठ र बाँसको टाटी भएको घरमा अपरिचित व्यक्तिहरूले डिजेल र पेट्रोल छर्केर लगाएको आगजनीले अन्नपात, लत्ताकपडा, झयाल, ढोका, इलेक्ट्रोनिक सामानलगायत छोरीको विवाहका लागि राखिएको नगद ३ लाख रुपियाँ गरी १४ लाख रुपियाँ रकम बराबरको क्षति भएको उजुरीमा उल्लेख गरिएको पीडित महतोले बताउनु भएको छ ।

इलाका प्रहरी कार्यालय हरकठवा र सशस्त्र प्रहरी बलबाट गएको सुरक्षाकर्मीको संयुक्त टोलीले स्थानीयसमेतको सहयोगमा दमकलको प्रयोग गरी आगजनी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कँुवरले जानकारी दिनु भएको छ ।

पीडितको उजुरी पश्चात आशङ्काको आधारमा धनकौल गाउँपालिका–५ हरकठवाका ३४ वर्षीय रामविश्वास यादवलाई गिरफ्तार गरी अनुसन्धान थालिएको पनि डिएसपी कुँवरले बताउनु भयो ।

बुधन साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC

0 Comments

Related Reports