Incident Reports

बलात्कार गर्ने विरुद्ध जाहेरी दर्ता l

2014-06-25

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota चितवन । ०७१ असार १० गते एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पार्वतीपुर गाविस-९ का ३० वर्षीय सुरज रसाइली विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । आरोपित सुरजले असार ९ गते पीडित बालिका मामाघरबाट घर जान लागेको समयमा पीडितसँगै साइकलमा गएका सुरजले बीच बाटोमा नै साइकल रोकी मकैबारीमा लगि जबरजस्ती गरेको पीडितको भनाइ छ । बलात्कार गरी कसैलाई नभन्न धम्की दिँदै आरोपित सुरजले छोडेर हिँडेको र आफूले घरपरिवारलाई भनेर प्रहरीमा आएको पीडितले बताइन् । दोषीलाई गिरफ्तार गरी कारबाहीको गरी पाउँ भनि पीडित पक्षले असार ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपीतलाई उजुरी परेकै दिन गिरफ्तार गरी कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी शान्तिराज कोइरालाले बताए । पीडितको आरास ९ गतेनै स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी कोइरालाले बताए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis