Incident Reports

अनुशासनको नाममा विद्यार्थीमाथि दुर्व्यवहार

2021-03-04

Bagmati, Dhading, Benighat Rorang, Ward 5

बेनिघाट रोराङ गाउँपालिका–५ विशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्यायनरत १ सय ५० जनाभन्दा बढी विद्यार्थीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै विद्यालय प्रशासनले दुर्व्यवहार गरेको छ ।

आफूहरूले कुनै गल्ती नगर्दा पनि जथाभावि कपाल काटिदिएका कक्षा ९ मा अध्यायनरत जेनिश त्रिपाठीले बताउनु भयो । जबरजस्ती कपाल काट्ने क्रममा त्रिपाठीको आँखामा चोट लागेको छ । चोटका कारण आँखा सुन्निएको छ । कपाल काट्ने क्रममा केही विद्यार्थीहरूको टाउकोमा घाउ लागेको छ ।

विद्यार्थीहरूलाई विद्यालयले ०७७ फागुन २० गते १ सय ५० जनाभन्दा बढी विद्यार्थीको कपाल  काटेर घरमा गएर कपाल मिलाएर आउन भनिएको र आफूहरूले विद्यालयलाई अनुशासनमा राख्न यस्तो आग्रह गरिदिएको विद्यालय व्यवस्थापनमा खटिएका निर्माण समितिका प्रकाश विसुरालले बताउनुभएको छ ।

कपाल जथाभावि काट्ने क्रममा आनाकानी गर्ने ५० जना विद्यार्थीलाई कुटपिट समेत गरेको र आफूहरूलाई दुर्व्यवहार गरेको भन्दै पीडित विद्यार्थी त्रिपाठीले खबर सार्वजनिक गर्न फागुन २२ गते टेलिफोन मार्फत इन्सेक प्रतिनिधिसँग आग्रह गर्नुभएको छ ।

शिक्षक रमेह रेग्मी र प्राधानाध्यापक रामेश्वर पोखरेलले  १ सय ५० विद्यार्थीको कपाल ठाउँठउँमा काटिदिनुका साथै ५० जना विद्यार्थीलाई कुटपिट समेत गरिएको पीडित विद्यार्थीले टेलिफोनबाट जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक रामेश्वर पोखरेलले विद्यालयले अनुशासन कायम गर्न केही विद्यार्थीको कपाल मिलाइदिएको तर दुर्व्यवहार नभएको बताउनुभएको छ । बाहिर आएका आरोप झुटा भएको पोखरेलले बताउनुभएको छ ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 150
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments