Incident Reports

हत्या अभियोगमा तीन पक्राउ

2021-02-22

Bagmati, Chitawan, Bharatpur

एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका– २७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका– ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका– ५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

यही फागुन १० गते बिहान नारायणगढ छेवैको नगरवन नजिक गुरुङको शव शङ्कास्पद अवस्थामा भेटिएको थियो । सोपश्चात् प्रहरीले अनुसन्धान गरी निज दोषी देखिएपछि पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरुसँगै शव लैजान प्रयोग गरिएको ना२ह १२४० नंको अटोसमेत बरामद गरिएको छ । सो अटो पक्राउ परेका महतोले चलाउँदै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धी कसुरअन्तर्गत दफा १७७ बमोजिम जन्मकैदको मागसहित मुद्दा दर्ता गरिनेछ ।

                                    



















Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports